एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती « Khabarhub

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ३१४ रनको चुनौती दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै नाै विकेटको क्षतिमा ३१३ रन बनाएको हो ।

यूएईविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले शतक बनाउँदा अलराउन्डर गुल्सन झाले अर्धशतक बनाए ।

१०३ बलको सामना गर्दा चार छक्का र ८ चौकाका मद्दतमा शेखले शतक पूरा गरेका हुन् । आशिफ १०६ बलमा १०२ रन बनाउँदा आउट भएका छन् । उनी हैदर अलीको बलमा क्याच आउट भए । पाँचौक्रममा ब्याटिङ गर्न आएका गुल्सन झाले ३६ बलको सामना गर्दा तीन चौका र चार छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । उनी ३८ बलकाे सामना गर्दै ५२ रन बनाएर आउट भए ।

२१ ओभरको अन्तिम बलमा नेपालका ओपनर अर्जुन कुमाल आशिफसँग तालमेल नमिल्दा रनआउट हुँदा नेपालले पहिलो विकेट गुमाएकाे थियो । आउट हुनु अघि उनले आशिफसँग ९७ रनको साझेदारी गरेका थिए । अर्जुनले ६३ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए । नेपालका लागि रोहित पौडेलले दुई चौकाको मद्दतमा ४४ बलमा ४० रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८ बलमा १८ रन बनाए । इशान पाण्डेले २० बल खेल्दा १३ रन जोडे भने करण केसी दुई बलको सामना गर्दा मात्र एक रन जोड।

नेपालको ब्याटिङलाई रोक्न युएईका लागि इब्रार अहमदले चार विकेट हात पार्दा खुजैमा बिन तनवीरले दुई र अदिब उस्मानी र हैदर अलीले एकएक विकेट हात पारे । अहिले यूएईले जवाफी ब्याटिङ गर्दैछ ।

दुवै टोली दोस्रो पटक एसीसी प्रिमियर कपको उपाधि उचाल्ने दाउमा छन् । सन् २०२३ मा काठमाडौँमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई नै ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै, सन् २०२४ को दोस्रो संस्करणमा आयोजक ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो । यसपटकको विजेता टोलीले मात्र आगामी एसिया कपमा स्थान सुरक्षित गर्ने भएकाले दुवै टोलीका लागि यो भिडन्त निकै महत्त्वपूर्ण मानिएको छ ।

जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँचमध्ये चार खेल जितेको छ भने एक खेलमा पराजय व्यहोरेको छ । युएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको टोली हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये नेपाल ११ खेलमा विजयी भएको छ भने युएईले ८ खेल आफ्नो पक्षमा पारेको छ ।

पछिल्ला पाँच भेटमा पनि नेपाल ३ खेल जित्दै हाबी देखिएको छ । गत मे महिनामा भएको आईसीसी विश्वकप लिग(२ अन्तर्गतका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ११ : ०५ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति