फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता « Khabarhub

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या शनिबार ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी)ले बताएको छ । घटनामा परेका १३ जना अझै बेपत्ता छन् ।

पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल सङ्ख्या ७६ पु¥याएको छ । दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो ।

पीसीजीले सार्वजनिक गरेको भिडियोमा यात्रु फेरी पूर्ण रूपमा जलेको देखिन्छ, जहाँ खरानी र जलेको संरचनाका भग्नावशेष छन् । उद्धार र अनुसन्धान कार्य जारी छ ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १० : १२ बजे

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,