सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट « Khabarhub

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि आइतबार प्रदेशसभामा पेस भएको बजेटमा सुदूरपश्चिम प्रदेशको ‘रिफरल अस्पताल’का रूपमा रहेको सेती प्रादेशिक अस्पताल सुधार कार्यक्रम लागू गरिने उल्लेख छ । त्यसका लागि बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिए ।

मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गरेलगत्तै सेती प्रादेशिक अस्पतालको निरीक्षण गरेका थिए । त्यसपछि उनले अनुगमनलाई निरन्तरता दिएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले अस्पतालको आकस्मिक कक्ष, डायलायसिस सेवा, आइसीयू, गाइनो वार्डलगायत विभिन्न विभागको अनुगमन तथा निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा उनले अस्पतालको सरसफाइ, भौतिक अवस्था र सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिएका थिए ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषगरी सूदूरपश्चिमका नौवटा जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ बिरामीको चाप, जनशक्ति र पूर्वाधारको व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ७ : २२ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास