अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई « Khabarhub

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र माइकल उडफोर्डलाई प्रदान गरिने भएको छ। रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेताका रूपमा उनीहरूको नाम घोषणा गरेको हो।

माइक्रोइकोनोमिकका आधारहरू स्पष्ट पारेकाले उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको एकेडेमीले जनाएको छ। उनीहरूको अनुसन्धानले स्थायित्व नीतिमार्फत आर्थिक चक्रमा पर्ने प्रभावलाई कसरी बुझ्न र मापन गर्न सकिन्छ भन्ने कुरालाई उजागर गरेका छन् ।

पुरस्कारको राशि करिब १२ लाख अमेरिकी डलर रहेको छ। यसलाई औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको स्मृतिमा दिइने स्भेरिजिस रिक्सबैंक पुरस्कार’का रूपमा चिनिन्छ।

विजेताद्वय हल र उडफोर्डले प्रभावकारी स्थायित्व नीतिहरू लागू गर्न नयाँ म्याक्रोइकोनोमिक मोडेलहरूको विकास गरेका छन्। मुद्रास्फीति, उत्पादन र उपभोगजस्ता समष्टिगत चरहरूबीचको सांख्यिकीय सम्बन्धमा मात्र आधारित हुनुको सट्टा उनीहरूले सूक्ष्म अर्थशास्त्रका सिद्धान्तलाई आधार बनाएका छन्।

अनुसन्धान अनुसार परिवार र कम्पनीहरूले बचत गर्ने वा वस्तुको मूल्य निर्धारण गर्ने निर्णय गर्दा भविष्यको सम्भावनालाई विचार गर्छन्। त्यसैले सरकार र केन्द्रीय बैंकले आफ्ना आर्थिक नीति र योजनाबारे स्पष्ट सञ्चार गर्दा सर्वसाधारणको भावी दृष्टिकोणलाई प्रभाव पार्न र अर्थतन्त्रलाई सही दिशातर्फ मोड्न सकिन्छ।

अर्थशास्त्र पुरस्कार समितिका अध्यक्ष जोन ह्यास्लरले हल र उडफोर्डको अनुसन्धानले हाल विश्वभरका केन्द्रीय बैंक तथा सरकारहरूले प्रयोग गर्ने मोडेलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको बताएका छन्। ऊर्जा सङ्कट वा उपभोगमा आउने आकस्मिक परिवर्तनजस्ता आर्थिक झट्का व्यवस्थापन गर्न उनीहरूको अनुसन्धान उपयोगी सिद्ध हुने बताइएको छ

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ४ : ३१ बजे

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४