काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर जबराले नेपाल–बेलायत साझेदारीलाई सुदृढ बनाउने बताएका छन् ।
सोमबार संसदीय सुनुवाइ समिति बैठकमा आफ्नो कार्य योजना प्रस्तुत गर्दै जबराले नेपाल–बेलायत साझेदारीलाई सुदृढ बनाउने र यस सम्बन्धबाट दुवै देशका जनताका लागि अझ बढी अवसर र लाभ सुनिश्चित गर्न योगदान गर्ने लक्ष्य राखिएको बताए ।
उनले राजदूत पदको जिम्मेवारी विनम्रता, धैर्य र सिक्ने इच्छाका साथ ग्रहण गर्ने धारणा राखे ।
आफू राजदूत पदमा नियुक्ति भएमा परराष्ट्र मन्त्रालय, नेपाल सरकार र लन्डनस्थित नेपाली दूतावासको टोलीसँग निकट समन्वयमा रहेर काम गर्ने उनले बताए ।
उनले नेपाललाई गरिमाका साथ प्रतिनिधित्व गर्ने, नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन गर्ने उल्लेख गरे ।
सैनिक सेवामा ४२ वर्ष बिताइसकेपछि पनि नेपालका लागि योगदान गर्न बाँकी छ भन्ने विश्वास रहेको र आफ्नो लामो अनुभवलाई कूटनीतिक सेवामा प्रयोग गर्न चाहेको उनको भनाइ छ ।














प्रतिक्रिया