अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन « Khabarhub

अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -अमेरिकाका लागि रुसी राजदूत अलेक्जान्डर डार्चिभको ६६ वर्षको उमेरमा निधन भएको छ । रुसको विदेश मन्त्रालयले बुधबार उनको निधन भएको पुष्टि गरेको हो ।

डार्चिभले अमेरिकाका लागि रुसी राजदूतका रूपमा करिब डेढ वर्ष काम गरेका थिए । उनलाई सन् २०२५ मार्चमा उक्त जिम्मेवारी दिइएको थियो । तर, उनको निधनको कारणबारे रुसी विदेश मन्त्रालयले केही खुलाएको छैन ।विदेश मन्त्रालयले डार्चिभलाई उत्कृष्ट कूटनीतिज्ञ, अनुभवी नेता र सहयोगी सहकर्मीका रूपमा स्मरण गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले पनि बुधबार मस्कोमा उनको निधन भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ताले डार्चिभको परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै निधनसम्बन्धी थप जानकारीका लागि रुसी सरकारसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

डार्चिभले यसअघि सन् २०१४ देखि २०२१ सम्म क्यानडाका लागि रुसी राजदूतका रूपमा काम गरेका थिए। त्यसपछि सन् २०२१ देखि २०२४ सम्म रुसी विदेश मन्त्रालयको उत्तर अमेरिका विभागको निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि रुस–अमेरिका सम्बन्धमा आएको परिवर्तन तथा युक्रेनमाथि रुसको आक्रमण जारी रहेका बेला उनलाई अमेरिकाका लागि राजदूत नियुक्त गरिएको थियो ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गर्दा डार्चिभले त्यसलाई ‘आवश्यक कदम’ को संज्ञा दिएका थिए।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ११ : ११ बजे

वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दाका कैदी फरार

वीरगञ्ज – पर्सास्थित वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दाका एक कैदी

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

काठमाडौँ– छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ

तनहुँमा प्रहरीको सर्च एण्ड स्विप अपरेसन, ३३ जना नियन्त्रणमा

तनहुँ– जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईले जिल्लाका

अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

काठमाडौँ -अमेरिकाका लागि रुसी राजदूत अलेक्जान्डर डार्चिभको ६६ वर्षको उमेरमा

पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी र समुदायकेन्द्रित बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

अन्ताल्या– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपदबाट हुने मानवीय तथा भौतिक