चीनको सेवा क्षेत्रको विस्तार सुस्त « Khabarhub

चीनको सेवा क्षेत्रको विस्तार सुस्त


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — तीव्र प्रतिस्पर्धा र बढ्दो लागतका कारण अक्टोबर महिनामा चीनको सेवा क्षेत्रको गतिविधि गत जुलाईयताकै सुस्त गतिमा विस्तार भएको छ । बुधबार सार्वजनिक एक निजी क्षेत्रको सर्वेक्षणअनुसार सेप्टेम्बरमा ५१.६ रहेको रेटिङडग चाइना जनरल सर्भिसेज पीएमआई अक्टोबरमा घटेर ५०.८ मा झरेको छ । यो सूचकाङ्क वृद्धि र सङ्कुचन छुट्याउने ५० को विन्दुभन्दा माथि नै रहे पनि जुलाईयताकै कमजोर स्तर हो ।

अक्टोबरमा नयाँ व्यवसायको वृद्धिदर सेप्टेम्बरकै हाराहारीमा स्थिर रह्यो भने नयाँ निर्यात व्यवसाय लगातार छैटौँ महिना पनि बढ्दै सन् २०२४ यताकै लामो वृद्धि शृङ्खला कायम राख्न सफल भयो । विद्यमान कार्यचाप धान्न सेवा क्षेत्रका कम्पनीहरूले पूर्णकालीन तथा आंशिक दुवै प्रकारका कर्मचारी थप्ने क्रमलाई निरन्तरता दिएका छन् ।

यद्यपि, बजारमा बढेको प्रतिस्पर्धा र साताव्यापी ‘गोल्डेन विक’ बिदाले समेत खासै टेवा नपुर्‍याएपछि कम्पनीहरूले लगातार दोस्रो महिना पनि आफ्ना सेवाको औसत बिक्री मूल्य घटाएका छन् । अर्कोतर्फ कच्चा पदार्थ, इन्धन र ज्यालादर बढेका कारण लगानी लागत पाँच महिनायताकै तीव्र गतिमा उकालो लागेको छ ।

बढ्दो लागत र चर्को प्रतिस्पर्धाप्रतिको चिन्ताका कारण समग्र व्यवसायिक आत्मविश्वास समेत घटेर जुलाईयताकै न्यून विन्दुमा झरेको सर्वेक्षणले देखाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ८ : ४१ बजे

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

काठमाडौं – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं – कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा

कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

झापा – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाडौं – सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी

आज दिनभर कहाँ, के भयो ? पढ्नुहोस्, मुख्य समाचार

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको