राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण « Khabarhub

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि अहिलेसम्म आफू ठीक रहेको बताएका छन्।

अमेरिकाले भने भेनेजुएलाको वर्तमान् प्रशासनलाई विपक्षी दलका नेता तथा पूर्व प्रशासक मदु्रोको समयमा उनको विरोध गरेको आरोपमा विभिन्न ठाउँमा जेलमा राखिएका कैदीहरूलाई प्रक्रिया मिलाएर रिहा गर्न दबाब दिइरहेको छ।

भेनेजुएलाका दल तथा नागरिक आइतबार थप राजनीतिक बन्दीहरू रिहा हुने प्रतीक्षामा देखिएका थिए।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले मदुरोको शासनकालमा जेलमा रहेका कैदीलाई रिहा गर्न सुरु गरेकी छन्। भेनेजुयलामा देखिएको अशान्त वातावरणलाई सङ्केत गर्दै देशमा शान्ति स्थपनाका लागि ‘ठूलो’ संख्यालाई रिहा गरिने बताएकी छन् । यद्यपि, यसको श्रेय वाशिङ्गटनले लिएको छ अर्थात् भेनेजुएलामा अन्यायपूर्ण रूपमा जेलमा राखिएका नेता तथा कार्यकर्तालाई रिहाइका लागि वर्तमान् प्रशासनलाई दबाब दिइरहेको वाशिङ्टनले दाबी गरेको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको नेतृत्व गरेको भन्दै भेनेजुएलाले अमेरिकासँग कूटनीतिक बाटो अपनाउने बताएका छन्।

“भेनेजुएलाले आफ्ना राजनीतिक बन्दीहरूलाई रिहा गर्ने प्रक्रिया व्यापकरूपमा सुरु गरेको छ। धन्यवाद ” ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा एक पोस्टमा लेखेका छन्।

उनले भनेका छन्, “मलाई आशा छ, संयुक्त राज्य अमेरिका भेनेजुएलामा आयो र जे गर्नुपर्ने थियो त्यो गर्यो भनेर ती कैदीहरूले सम्झनेछन् ।”

अधिकारवादी समूहहरूका अनुसार भेनेजुएलामा ८०० देखि एक हजार २०० राजनीतिक बन्दीहरू छन् भन्ने अनुमान छ ।

पूर्व नेता मदुरो र उनकी पत्नीलाई जनवरी ३ मा काराकासमा रातको समयमा हवाई आक्रमणबाट नाटकीय रूपमा पक्राउ गरिएको थियो । उनीहरूलाई अमेरिकी सेनाले न्यूयोर्क शहरमा लागूऔषध ओसारपसार र हतियारको आरोपमा मुद्दा चलाउन लगेको छ।

कैदीबन्दीको चिन्ता–

कैयौँ प्रमुख विपक्षी व्यक्तित्व, कैदीबन्दी अधिकार समूह र विपक्षीसहित २१ जनालाई मात्र रिहा गरिएको छ ।

भेनेजुएलाविरुद्ध ‘देशद्रोह’ को आरोप लागेका एक प्रहरी अधिकारीको पनि राज्यको हिरासतमा मृत्यु भएको विपक्षी र अधिकारवादी समूहहरूले शनिबार बताएका छन्। “हामी यस मृत्युको लागि डेल्सी रोड्रिगेजको शासनलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहराउँछौं,” भेनेजुएलाको विपक्षी गठबन्धनको एक हिस्सा प्रिमेरो जस्टिसिया (जस्टिस फस्र्ट) ले एक्समा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ।

प्रतिज्ञा गरिएका राजनीतिक बन्दीहरूकोे रिहाइको पर्खाइमा चिन्तित आफन्तहरू जेलबाहिर बसेका छन् ।

जेलमा रहेका पिडितका परिवारले काराकासको पूर्वमा एल रोडियो कारागार र गुप्तचर सेवाद्वारा सञ्चालित कुख्यात जेल एल हेलिकोइड बाहिर मैनबत्ती जुलुस प्रदर्शन गरेका छन् । उनीहरूले जेलमा रहेका आफन्तहरूको नामसहित प्लाकार्डहरू पनि बोकेका थिए ।

‘आँखा चिम्लेर विश्वास गर्नुहोस्’

राष्ट्रपति मदुरोका छोरा निकोलस मदुरो गुएराले सार्वजनिक गरेको एक भिडियोमा राष्ट्रपति मदुरो न्यूयोर्कको जेलमा ‘ठीक’ रहेको बताएका छन्।

करिब एकहजार प्रदर्शनकारीले पार्टीको झण्डा र प्लेकार्डहरू हल्लाउँदै जुँगा लगाएका पूर्व नेता र उनकी पत्नी सिलिया फ्लोरेसको अनुहार सहित, काराकासको पश्चिमी र केही सय पूर्वी पेटारे जिल्लामा भेला भए।

रोड्रिगेजले कृषि मेलामा भाग लिएको तर जुलुशलाई सम्बोधन भने नगरेको देखिएको थियो। उनले शक्तिशाली मदुरो समर्थक आधारलाई शान्त पार्न भेनेजुएला वाशिङ्गटनको ‘अधीनस्थ’ स्वतन्त्र छ भनी आफ्नो देशभक्तिपूर्ण भनाईद्वारा समर्थकलाई शान्त पार्ने प्रयास गरेका थिए ।

टेलिभिजन टिप्पणीहरूमा उनले भने, ‘आफूले राष्ट्रपति फिर्ता नभएसम्म एक मिनेट पनि आराम नगर्ने’ पूतिवद्धता गरेको छु ।”

तेल वार्ता

मदुरो पक्राउ परेपछि ट्रम्पले भेनेजुएलाको विशाल तेल भण्डारमा अमेरिकी पहुँच सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ह्वाइट हाउसले भनेको छ, “ट्रम्पले भेनेजुएलाको तेलको बिक्रीबाट प्राप्त हुने अमेरिकी स्वामित्वमा रहेको राजस्वलाई अदालत वा ऋणदाताहरूले जफत गर्नबाट रोक्ने एक आपतकालीन आदेशमा हस्ताक्षर गर्नुभएको छ।’

ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले भेनेजुएलाको सञ्चिति भण्डारमा लगानी गर्न शीर्ष तेल अधिकारीहरूलाई दबाब दिएका छन्। शेवरोन हाल भेनेजुएलामा प्रतिबन्ध छुटको माध्यमबाट काम गर्न इजाजतपत्र प्राप्त एक मात्र अमेरिकी फर्म हो।

विज्ञहरूले वर्षौँदेखिको कुव्यवस्थापन र नाकाबन्दीपछि भेनेजुयलाको तेल पूर्वाधार जीर्ण भएको बताएका छन्।

वासिङ्टनले अमेरिकी दूतहरूले शुक्रबार काराकासमा आफ्नो दूतावास पुनः खोल्ने बारेमा छलफल गर्न भ्रमण गरेका पनि पुष्टि गरेको छ ।

अमेरिकी अधिकारीले रोड्रिगेजसँग भेट गरेका थिए कि थिएनन् भन्ने प्रश्नमा भेनेजुएला सरकारले कुनै प्रतिक्रिया दिएन।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ६ : ४१ बजे

अमेरिका-इरान वार्ताको चर्चा : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत