कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ? « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षलाई चुनौती दिँदै विशेष महाधिवेशन गरेका छन्।

आइतबार उद्घाटन भएको महाधिवेशन व्यवस्थापन उपसमिति अन्तर्गत प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार अहिलेसम्म २६ सय ६२ जनाले हस्ताक्षर गरिसकेका छन्। अब सोमबार बिहान ८ बजेदेखि हस्ताक्षर खुला हुनेछ ।

उनका अनुसार विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या दुई हजार ६६२ पुगेको हो । यो भनेको कूल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो ।

असोजमा विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर थियो । २०७८ को कांग्रेस महाधिवेशनमा कांग्रेसका ४७ सय ४३ प्रतिनिधि थिए ।

यसरी हेर्दा गगन–विश्वप्रकाशले बोलाएको विशेष महाधिवेशनमा दुई हजार ८० प्रतिनिधि उपस्थित भएका छैनन्। नेपाली कांग्रेसको विधानमा महाधिवेशनमा ५१ प्रतिशत मत कटाउनुपर्छ।

महाधिवेशन प्रतिनिधिको सुझाव अनुसार अब विशेष महाधिवेशन अगाडि बढ्ने विश्वास गरिएको छ । यो उपस्थितिले सभापति शेरबहादुर देउवा र संस्थापन पक्षलाई ठुलो धक्का दिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ८ : २५ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम