रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने « Khabarhub

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।

गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि आवेदन लिन सुरु गरेको छ । आइतबारसम्ममा १५२ महिलासहित ९५२ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिए ।

प्रनाउ बस्यालका अनुसार नेपाल प्रहरीतर्फ तीन हजार ४६६ र सशस्त्र प्रहरी बल नेपाल तर्फ ३८५ निर्वाचन प्रहरी भर्ना हुनेछन् । आवेदन दिएका आवेदकहरुका लागि आगामी माघ ४ गते सम्पर्क मिति तोकिएको छ भने माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिने जनाइएको छ ।

छनोट भएका उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने र निर्वाचन प्रहरीले नियुक्ति भएको दिन देखि जम्मा ४० दिनको सेवा सुविधा प्राप्त गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ८ : ३९ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका