काठमाडौं– नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले करार सेवामा विभिन्न पदका लागि जनशक्ति माग गरेको छ ।
बोर्डले एक सुचना जारी गर्दै केन्द्रीय कार्यालय, प्रदेश शाखा कार्यालय तथा जिल्ला सम्पर्क शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेको जनाएको छ ।
सूचना अनुसार मेडिकल अधिकृत ६ जना, चार्टर्ड एकाउन्टेन्ट १ जना, हेल्थ इकोनोमिस्ट १ जना, जनस्वास्थ्य अधिकृत १ जना, एक्चुअरियन अधिकृत १ जना, सूचना प्रविधि सहायक ३ जना तथा दर्ता अधिकारी ६० जना गरी जम्मा ७३ जना कर्मचारी करार सेवामा पदपूर्ति गरिनेछ ।
इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त पेश गर्नुपर्नेछ । बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापन गर्न यो भर्ना प्रक्रिया अघि बढाइएको हो ।













प्रतिक्रिया