कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, कार्यविधि अनुमोदन « Khabarhub

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, कार्यविधि अनुमोदन

अध्यक्षताको जिम्मेवारी ८८ वर्षीय श्यामबहादुर खड्कालाई


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ । कांग्रेसको विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि– २०८२ पारितसँगै अनुमोदन गरिएको हो ।

बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको हो । अब यही कार्यविधि अनुसार बन्द सत्र लगायतका अन्य कार्यक्रम अघि बढ्ने छन्।

बन्द सत्रको अध्यक्षता काठमाडौं–५ का महाधिवेशन प्रतिनिधि ज्येष्ठ सदस्य श्यामबहादुर खड्काले गर्दैछन् ।

बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले बताए ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १२ : १५ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो