कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, कार्यविधि अनुमोदन « Khabarhub

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, कार्यविधि अनुमोदन

अध्यक्षताको जिम्मेवारी ८८ वर्षीय श्यामबहादुर खड्कालाई


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ । कांग्रेसको विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि– २०८२ पारितसँगै अनुमोदन गरिएको हो ।

बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको हो । अब यही कार्यविधि अनुसार बन्द सत्र लगायतका अन्य कार्यक्रम अघि बढ्ने छन्।

बन्द सत्रको अध्यक्षता काठमाडौं–५ का महाधिवेशन प्रतिनिधि ज्येष्ठ सदस्य श्यामबहादुर खड्काले गर्दैछन् ।

बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले बताए ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १२ : १५ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर