कांग्रेशको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने « Khabarhub

कांग्रेशको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने भएको छ । 

चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि समाप्त भइसकेकाले १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने कार्यविधि विशेष महाधिवेशनमा प्रस्तुत गरिएको हो ।

‘नेपाली कांग्रेसको चौधौँ महाधिवेशन २०७८ (मंसिर २४ देखि २८) बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकोले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन’, विशेष महाधिवेशनमा पारित कार्यविधिमा उल्लेख छ ।

साथै, कार्यविधिमा नयाँ कार्यसमितिको निर्वाचन गर्न ५ सदस्यीय निर्वाचन समितिको गठन गर्ने, महाधिवेशनको निर्णय प्रमाणित गर्न ५ सदस्यीय प्रमाणीकरण समिति गठन गर्ने विषय पनि पारित भएको कार्यविधिमा उल्लेख छ ।

त्यस्तै, कार्यविधिमा केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समितिको विघटन गर्ने प्रस्ताव पनि उल्लेख छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १२ : ४१ बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली