कांग्रेशको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने « Khabarhub

कांग्रेशको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने भएको छ । 

चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि समाप्त भइसकेकाले १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने कार्यविधि विशेष महाधिवेशनमा प्रस्तुत गरिएको हो ।

‘नेपाली कांग्रेसको चौधौँ महाधिवेशन २०७८ (मंसिर २४ देखि २८) बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकोले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन’, विशेष महाधिवेशनमा पारित कार्यविधिमा उल्लेख छ ।

साथै, कार्यविधिमा नयाँ कार्यसमितिको निर्वाचन गर्न ५ सदस्यीय निर्वाचन समितिको गठन गर्ने, महाधिवेशनको निर्णय प्रमाणित गर्न ५ सदस्यीय प्रमाणीकरण समिति गठन गर्ने विषय पनि पारित भएको कार्यविधिमा उल्लेख छ ।

त्यस्तै, कार्यविधिमा केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समितिको विघटन गर्ने प्रस्ताव पनि उल्लेख छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १२ : ४१ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र