विश्वको प्रस्ताव : एकपटक समानुपातिक पाएकाले अर्को पटक नपाउने « Khabarhub

विश्वको प्रस्ताव : एकपटक समानुपातिक पाएकाले अर्को पटक नपाउने


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले समानुपातिक प्रतिनिधित्वसम्बन्धी नयाँ प्रस्ताव अघि सारेका छन्।

राजनीतिक प्रस्ताव पेश गर्दै शर्माले एक पटक समानुपातिक निर्वाचन प्रणालीबाट अवसर पाएको व्यक्ति अर्को पटक पुनः समानुपातिकमा नआउने व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनले यसलाई ‘एकपटकको समानुपातिक अन्तिम समानुपातिक’को अवधारणाका रूपमा प्रस्ताव गरेका छन्।

प्रतिवेदन पेस गर्ने क्रममा शर्माले भने, ‘एक पटक समानुपातिक पाएको व्यक्ति अर्को पटक त्यसलाई अन्तिम मानिने प्रस्ताव मैले यहाँ पेश गरेको छु। यस विषयमा खुला छलफल गरौं।’

उनको प्रस्तावले पार्टीभित्र अवसरको न्यायोचित वितरण र नेतृत्वमा नयाँ अनुहार ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १ : ०४ बजे

विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी,

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा