काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका थुप्रै कुरा बदल्नुपर्ने बताएका छन् । पार्टीको जारी विशेष महाधिवेशनमा बोल्दै थापाले सो बताएका हुन् ।
‘संविधानका थुप्रै कुरा बदल्नुपर्छ, त्यसको लागि राष्ट्रिय सहमति पनि चाहिन्छ, त्यसको लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ’, उनले भने ।
तर, उनले संविधानका धेरै आधारभूत कुराहरू प्रिय रहेको र तिनीहरूको संरक्षण गर्दै निरन्तरतामा संशोधन गर्नुपर्ने पनि बताए ।













प्रतिक्रिया