काठमाडौं बस्ने थारु समुदायले माघी पर्व टुँडिखेलमा मनाउने « Khabarhub

काठमाडौं बस्ने थारु समुदायले माघी पर्व टुँडिखेलमा मनाउने


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउने भएका छन् ।

थारु कल्याणकारिणी सभाको संयोजनमा र विभिन्न थारु सङ्घ संस्थाहरुको संयुक्त आयोजनामा थारु समुदायले पुस ३० गते र माघ १ गते दुई दिन काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएका हुन् । 

थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सवका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए ।

माघी महोत्सवको प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मूल कार्यक्रम अघि माघ १ गते थारु संस्कृति, भेषभूषा, बाजागाजासहित वसन्तपुरमा भेला भई झाँकी र्‍यालीसहित विभिन्न स्थानको परिक्रमा गर्दै टुँडिखेलमा सहभागी हुने चौधरीले बताए । 

थारु कला संस्कृति हाम्रो परिचालन, यसलाई संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको माघी महोत्सवमा थारु खानाका परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने बताइएको छ ।

यस्तै महोत्सवमा थारु सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँच प्रदर्शन गरिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  २ : ४२ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई