यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते संघीय संसद सचिवालय सिंहदरबारमा संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले नेपालले इसिमोडको वार्षिक योगदानको रूपमा २,८३,५०३ अमेरिकी डलर बुझाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले बताए । 

साथै सकारले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८२ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका खरेलले बताए । 

मन्त्री खरेलका अनुसार २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि ३,५०,००० अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ ।

यसैगरी, मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत भएको छ भने गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी नियुक्त हुने निर्णय भएको मन्त्री खरेलले बताए ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : १९ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच