प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय « Khabarhub

प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो सरकारको प्रवक्तामा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायलाई तोकेको छ । प्रदेश सरकारका मुख्यमन्त्री कृष्णाप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । 

साथै सो बैठकले प्रदेशस्तरीय समस्या समाधानका लागि तीनवटा उच्चस्तरीय समितिसमेत गठन गरेको  मुख्यमन्त्री  मन्त्रिपरिषद् सचिवालयले जनाएको छ ।
 
सरकारले प्रदेशमा रहेको राजनीतिक, प्रशासनिक, कानुनी तथा आर्थिक -सामाजिक समस्याको अध्ययन समाधानका लागि तीन-तीन सदस्यीय समिति गठन गरेको हो । राजनीति तथा प्रशासनिक समितिको संयोजकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्याम पटेललाई तोकिएको छ, भने त्यस समितिको सदस्यमा खेलकुद तथा समाज कल्याणमन्त्री वसन्त कुशवाहा तथा उद्योग वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल सदस्य रहेको बताइएको छ ।

कानुन, न्याय तथा मामिला समितिको संयोजकमा श्रम तथा यातायातमन्त्री मनिष सुमनलाई तोकिएको छ । सो समितिको सदस्यमा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो तथा वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीलाई तोकिएको मुखयमन्त्री यादवले जानकारी दिए ।  
 
त्यसैगरी आर्थिक तथा सामाजिक समितिको संयोजकमा अर्थमन्त्री महेश यादवलाई तोकिएको छ, भने सो समितिको सदस्यमा भौतिक तथा पूर्वाधारमन्त्री राजकुमार गुप्ता र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी रहेको जनाइएको छ । 

मधेश प्रदेश सरकारले सो समितिमार्फत  समस्याको पहिचान, तथा समाधान गर्ने बताइएको छ । पत्रकार तथा सञ्चार क्षेत्रसँग समन्वय गर्ने ।

यसैबीच मधेश प्रदेश सरकारका प्रवक्ता नियुक्त भएका मन्त्री जङ्गीलाल रायले सञ्चार क्षेत्रसँग समन्वय गरेर  कार्य गर्ने बताएका छन् । प्रदेश सरकारले पारदर्शी भई सबैको सहयोगमा काम गर्ने उनको भनाइ रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ४ : १२ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई