विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा « Khabarhub

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र पार्टी पदाधिकारीहरूलाई निवासमा झिकाएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले चौधौँ महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको कार्यसमितिविरुद्ध बुहमत महाधिवेशन प्रतिनिधि जुटाएपछि संकटमा परेका देउवाले छलफल तीव्र पारेका हुन् ।

उनले पदाधिकारी र कानुन व्यवसायीलाई छलफलका लागि महाराजगञ्जस्थित निवासमा बोलाएका हुन् ।

सभापति देउवाले सोमबार दिउँसो ३ बजेदेखि आफूनिकट पार्टीसम्बद्ध कानुन व्यवसायी र पार्टी पदाधिकारीहरू बोलाएर छलफल चलाइरहेका छन् ।

काठमाडौंको भृकुटीमण्डमा विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र चलिरहँदा सभापति देउवाले आफूनिकट कानुन व्यवसायीसँग छलफल थालेर सम्भावित कानुनी विकल्पबारे रणनीति बनाउन लागेका हुन् ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले सभापति देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव अघि सारिसकेको छ।

विशेष महाधिवेशनमा नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने बहस चर्को रुपमा भइरहँदा देउवा र अर्का नेता डा. शेखर कोइराला संकटमाद परेका छन् ।

देउवाले आफूनिकट कानुन व्यवसायी, पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई छलफल गरेर विशेष महाधिवेशनको निर्णयविरुद्ध कानुनी चुनौती दिने विकल्पमा जान लागेको ठानिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ४५ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार