गगन-विश्वलाई कार्यवाहक सभापति खड्काले‍ भने : नियमित महाधिवेशनबाट नेतृत्व फैरौँ, पार्टी फुटाउने गतिविधि रोकौँ « Khabarhub

गगन-विश्वलाई कार्यवाहक सभापति खड्काले‍ भने : नियमित महाधिवेशनबाट नेतृत्व फैरौँ, पार्टी फुटाउने गतिविधि रोकौँ


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितलाई अपील गरेका छन् ।

दुई दिनदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा झन्डै दुईतिहाइ महाधिवेशन प्रतिनिधि जुटिरहँदा सोमबार एक अपील जारी गर्दै कार्यवाहक सभापति खड्काले पार्टीमा एकतासहित अघि बढ्न भनेका हुन्।

‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपील गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु,’  उनले भनेका छन् ।

राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा कांग्रेस स्थापित भएको बताउँदै खड्काले एक पटक फेरि काँधमा ऐतिहासिक जिम्मेवारी आएको बताएका छन् ।

प्रतिनिधिसभाको निर्वाचन गरिसकेपछि आगामी २०८३ वैशाख २० देखि ३१ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन हुने बताउँदै उनले त्यसबाट नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहजै परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको पनि उल्लेख गरेका छन् ।

अहिले सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई प्रतिनिधिसभा निर्वाचनको अभियानमा लाग्न आवश्यक रहेको पनि उनले सम्झाएका छन् ।

‘कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारी, सम्पूर्ण केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारी तथा सदस्य, भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै मिली देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ४८ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये