भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध « Khabarhub

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन भक्तपुरका पूर्वअध्यक्ष एवं शिक्षासेवी सुरेन्द्र तुबन्जा श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्विरोध चयन भएका छन् । चेम्बरको आज सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । 

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगतबहादुर श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा राधेसुन्दर सांयजु चयन भएभने उपाध्यक्षमा चन्द्रभक्त श्रेष्ठ, ज्ञानेन्द्र मानन्धर, माधवप्रसाद प्रजापति र गोकुलप्रसाद प्रजापतिलाई निर्विरोध निर्वाचित गरिएको हो । 

चेम्बरको महासचिवमा सुरेन्द्र जाकीबन्जार र कोषाध्यक्षमा पशुपति भुसाल निर्विरोध चयन भएका छन् । कार्यसमिति सदस्यमा कुलदीप जिसी, न्हुछेराम धुख्वा, जीवन मारिखु, विक्रम प्रजापति, विजय हाछे्थु, इन्द्रप्रसाद पलिखेल र गणेशराम मुस्याख्व निर्विरोध भए । 

महिला चेम्बर संयोजकमा भने रिना श्रेष्ठ र युवा चेम्बर संयोजकमा करिना गोर्खाली मनोनित भएका छन् ।
 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ४ : ०४ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट