काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका फरार कैदी बसन्त (गुन्ज) बहादुर श्रेष्ठ पक्राउ परेका छन् । उनी सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. ६ बस्ने ५० वर्षका व्यक्ति हुन् ।
प्रहरीका अनुसार, बसन्त श्रेष्ठ मिति २०७३/०३/२९ देखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गर्दै थिए । तर जेन-जी आन्दोलनमा फरार भएका थिए र काठमाडौं उपत्यकामा लुकीछिपि बस्दै आएका थिए ।
विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई जिल्ला काठमाडौं, टोखा नगरपालिका वडा नं. १, झोर बाट २०७८/०९/२८ मा पक्राउ गरी पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पेश गरेको छ ।













प्रतिक्रिया