मोदी–मेर्ज वार्ता गान्धीनगरमा « Khabarhub

मोदी–मेर्ज वार्ता गान्धीनगरमा


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन सङ्घीय चान्सलर फ्रेडरिक मेर्जसँग सोमबार गान्धीनगरमा प्रतिनिधिमण्डल स्तरको वार्ता गरेका छन् ।

चान्सलर मेर्जको यो भारतप्रतिको पहिलो आधिकारिक भ्रमण हो, जुन भारत–जर्मनी कूटनीतिक सम्बन्धको ७५ वर्ष र रणनीतिक साझेदारीको २५ वर्ष पूरा भएको अवसरसँग मेल खान्छ ।

दुई दिने आधिकारिक भ्रमणमा रहेका चान्सलर मेर्जको यो भ्रमणको मुख्य उद्देश्य भारत र जर्मनीबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनु रहेको जनाइएको छ । गान्धीनगरस्थित महात्मा मन्दिरमा सम्पन्न वार्तामा विदेशमन्त्री एस। जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिस्री पनि सहभागी थिए।

वार्ताका क्रममा दुवै नेताले व्यापार, लगानी, प्रविधि, शिक्षा, सीप विकास र श्रम गतिशीलतामा भइरहेको सहकार्यको समीक्षा गरे। साथै रक्षा, सुरक्षा, विज्ञान, नवीनता, अनुसन्धान र दिगो विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि छलफल गरे।

यसअघि प्रधानमन्त्री मोदीले चान्सलर मेर्जसँग अहमदाबादस्थित साबरमती आश्रममा न्यानो स्वागत गरेका थिए। पदभार सम्हालेपछि भारतको पहिलो भ्रमणमा आएका चान्सलर मेर्जले त्यहाँ राष्ट्रपिता महात्मा गान्धीप्रति पुष्पाञ्जलि अर्पण गरे र आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे।

त्यसपछि दुवै नेताले संयुक्त रूपमा साबरमती रिवरफ्रन्टमा अन्तर्राष्ट्रिय चङ्गा महोत्सव–२०२६ को उद्घाटन गरे। सांस्कृतिक र कूटनीतिक महत्त्व बोकेको उक्त कार्यक्रममा प्रधानमन्त्री मोदी र चान्सलर मेर्जले भगवान हनुमानको चित्र अंकित चङ्गा उडाएको दृश्य पनि देखिएको थियो ।

जर्मन चान्सलर मेर्ज सोमबार बिहान दुई दिने आधिकारिक भ्रमणका लागि भारत आइपुगेका हुन् । उनी जनवरी १२ र १३ तारिख भारतमा रहने कार्यक्रम छ । जनवरी १३ मा उनले बोश, नानो विज्ञान तथा इन्जिनियरिङ र सेन्से संस्थाको भ्रमण गरी जर्मनी प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।
 
यो भ्रमणले नियमित उच्चस्तरीय राजनीतिक संवादलाई थप गति दिने र दुवै देश तथा विश्व समुदायको हितका लागि अग्रगामी साझेदारी विकास गर्ने भारत–जर्मनी साझा दृष्टिकोणलाई पुनः पुष्टि गर्ने अपेक्षा गरिएको छ । 

प्रधानमन्त्री मोदी र चान्सलर मेर्ज यसअघि क्यानाडामा भएको जी–७ शिखर सम्मेलनको साइडलाइनमा भेट गरेका थिए। त्यहाँ उनीहरूबीच द्विपक्षीय रणनीतिक साझेदारी विस्तार गर्ने सहमति भएको थियो । सोही अवसरमा प्रधानमन्त्री मोदीले चान्सलर मेर्जलाई नयाँदिल्लीको आधिकारिक भ्रमणको निम्तो दिएको थियो ।

उल्लेखनीय रूपमा, यो भ्रमण जनवरी २७ मा हुने भारत–युरोपेली सङ्घ ९इयु० शिखर सम्मेलनको पूर्वसन्ध्यामा भइरहेको छ, जसले यसलाई थप कूटनीतिक महत्त्व प्रदान गरेको छ ।
 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ४ : ५५ बजे

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको