देउवा पक्षको छलफलमा मिसिए कोइराला, लगेका थिए विशेष महाधिवेशनको सन्देश « Khabarhub

देउवा पक्षको छलफलमा मिसिए कोइराला, लगेका थिए विशेष महाधिवेशनको सन्देश


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा संस्थापन पक्षको छलफल चलिरहँदा नेता डा. शेखर कोइराला विशेष महाधिवेशन पक्षधरको सन्देश लिएर पुगेका छन् ।

देउवाले आफूनिकट नेताहरूसँग बैठक गरिरहँदा कोइरालाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको सन्देशसहित महाराजगञ्जमा इन्ट्री मारेका हुन् ।

संस्थापन पक्षको बैठक बसिरहेकै बेला शेखर सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे र नेता मिलेन्द्र रिजाल लिएर त्यहाँ पुगेका थिए ।

‘हामी देउवा निवास पुगेर छलफल गर्‍यौँ। यहाँ संस्थापन पक्षकै नेताहरू पनि उपस्थित छन्’, बैठकमा सहभागी एक नेताले खबरहबलाई भने, ‘संस्थापन पक्ष र शेखरनिकट नेताहरूबीच सल्लाह गरिरहेका छौं ।’

नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ उन्मुख भएपछि देउवाले अहिले कानुनविदहरूसँग पनि छलफल गरिरहेका छन् । त्यहीँ शेखरले विशेष महाधिवेशन पक्षधरको सन्देश पुर्‍याएका हुन् । तर उनले न्यूनतम् सहमतिको प्रस्तावमा केके छ भन्ने खुलाएका छैनन् ।

एकजना नेताका अनुसार देउवाले आफू कानुनविदहरूसँग पनि छलफलमा रहेको जानकारी शेखरलाई दिएका छन्। देउवाले रमेश लेखकसहित नेता कार्यकर्ता र कानुनविदहरूसँग पनि परामर्श गरिरहेको स्रोतको दाबी छ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : १२ बजे

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको