देउवा पक्षको छलफलमा मिसिए कोइराला, लगेका थिए विशेष महाधिवेशनको सन्देश « Khabarhub

देउवा पक्षको छलफलमा मिसिए कोइराला, लगेका थिए विशेष महाधिवेशनको सन्देश


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा संस्थापन पक्षको छलफल चलिरहँदा नेता डा. शेखर कोइराला विशेष महाधिवेशन पक्षधरको सन्देश लिएर पुगेका छन् ।

देउवाले आफूनिकट नेताहरूसँग बैठक गरिरहँदा कोइरालाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको सन्देशसहित महाराजगञ्जमा इन्ट्री मारेका हुन् ।

संस्थापन पक्षको बैठक बसिरहेकै बेला शेखर सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे र नेता मिलेन्द्र रिजाल लिएर त्यहाँ पुगेका थिए ।

‘हामी देउवा निवास पुगेर छलफल गर्‍यौँ। यहाँ संस्थापन पक्षकै नेताहरू पनि उपस्थित छन्’, बैठकमा सहभागी एक नेताले खबरहबलाई भने, ‘संस्थापन पक्ष र शेखरनिकट नेताहरूबीच सल्लाह गरिरहेका छौं ।’

नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ उन्मुख भएपछि देउवाले अहिले कानुनविदहरूसँग पनि छलफल गरिरहेका छन् । त्यहीँ शेखरले विशेष महाधिवेशन पक्षधरको सन्देश पुर्‍याएका हुन् । तर उनले न्यूनतम् सहमतिको प्रस्तावमा केके छ भन्ने खुलाएका छैनन् ।

एकजना नेताका अनुसार देउवाले आफू कानुनविदहरूसँग पनि छलफलमा रहेको जानकारी शेखरलाई दिएका छन्। देउवाले रमेश लेखकसहित नेता कार्यकर्ता र कानुनविदहरूसँग पनि परामर्श गरिरहेको स्रोतको दाबी छ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : १२ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा