गगन सभापति बन्ने सम्भावना बढ्यो : विश्लेषक इन्द्रा अधिकारी « Khabarhub

विशेष महाधिवेशन

गगन सभापति बन्ने सम्भावना बढ्यो : विश्लेषक इन्द्रा अधिकारी


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राजनीतिक विश्लेषक इन्द्रा अधिकारीले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन नेतृत्व चयनतर्फ उन्मुख भएपछि गगन थापा सभापति बन्ने सम्भावना बढेको बताएकी छन् । 

५६ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा भएको कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयन समेत गर्ने कुरा अघि बढेपछि सभापति शेरबहादुर देउवा लगायतका नेहरु कानुनी परामर्शमा छन् ।

देउवा कानुनी परामर्शमा भएपनि टेलिफोन गरेर महामन्त्री दय गगन थापा र विश्व प्रकाश शर्मालाई मध्यमार्गी बाटो अपनाउन छलफलमा निमन्त्रणा नगरेका कारण काङ्ग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व दिने स्पष्ट देखिन थालेको दाबी गरिन्।

गगनलाई सभापति मानेर जाने कुरामा अर्का महामन्त्री विश्व प्रकाश शर्माले ठूलो साथ दिएको बताउँदै महाधिवेशनको हलले नै गगनलाई सभापति बनाएर जाने बाटो दिएको उनको भनाइ छ ।

‘सबै परिदृश्य हेर्दा कांग्रेस महामन्त्री गगन थापा सभापति बनेर जाने प्रबल सम्भावना देखिन्छ । उहाँ सभापति बनेर जाने विषयलाई कांग्रेसको कुनै विधानले रोकतोक गर्दैन’ अधिकारीले खबरहबलाई भनिन, ‘अहिलेसम्म कांग्रेस सभापति देउवा पुरानै ढर्रामा भएका कारण गगनजीलाई सभापति बनाएर महाधिवेशनको हलले अगाडि बढ्ने योजना नै देखिन्छ । विशेष महाधिवेशन पक्षधरले बोलाएको निम्तो देउवाले मानेनन् । बेलुकासम्ममा सभापति देउवा विशेष महाधिवेशन स्थल पुगेर मध्यमार्गी विकल्प नअपनाए । सभापतिमा गगनलाई हलले चुन्छ ।’

उनले विशेष महाधिवेशनमा उपस्थित भएका ५६.१० प्रतिशत प्रतिनिधिहरूले गगन विश्वको तारिफ गरेको बताउँदै कांग्रेसको आगामी नेतृत्व थापा नै हुने संकेत बढेर गएको बताउँछिन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : १८ बजे

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको