गगन सभापति बन्ने सम्भावना बढ्यो : विश्लेषक इन्द्रा अधिकारी « Khabarhub

विशेष महाधिवेशन

गगन सभापति बन्ने सम्भावना बढ्यो : विश्लेषक इन्द्रा अधिकारी


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राजनीतिक विश्लेषक इन्द्रा अधिकारीले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन नेतृत्व चयनतर्फ उन्मुख भएपछि गगन थापा सभापति बन्ने सम्भावना बढेको बताएकी छन् । 

५६ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा भएको कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयन समेत गर्ने कुरा अघि बढेपछि सभापति शेरबहादुर देउवा लगायतका नेहरु कानुनी परामर्शमा छन् ।

देउवा कानुनी परामर्शमा भएपनि टेलिफोन गरेर महामन्त्री दय गगन थापा र विश्व प्रकाश शर्मालाई मध्यमार्गी बाटो अपनाउन छलफलमा निमन्त्रणा नगरेका कारण काङ्ग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व दिने स्पष्ट देखिन थालेको दाबी गरिन्।

गगनलाई सभापति मानेर जाने कुरामा अर्का महामन्त्री विश्व प्रकाश शर्माले ठूलो साथ दिएको बताउँदै महाधिवेशनको हलले नै गगनलाई सभापति बनाएर जाने बाटो दिएको उनको भनाइ छ ।

‘सबै परिदृश्य हेर्दा कांग्रेस महामन्त्री गगन थापा सभापति बनेर जाने प्रबल सम्भावना देखिन्छ । उहाँ सभापति बनेर जाने विषयलाई कांग्रेसको कुनै विधानले रोकतोक गर्दैन’ अधिकारीले खबरहबलाई भनिन, ‘अहिलेसम्म कांग्रेस सभापति देउवा पुरानै ढर्रामा भएका कारण गगनजीलाई सभापति बनाएर महाधिवेशनको हलले अगाडि बढ्ने योजना नै देखिन्छ । विशेष महाधिवेशन पक्षधरले बोलाएको निम्तो देउवाले मानेनन् । बेलुकासम्ममा सभापति देउवा विशेष महाधिवेशन स्थल पुगेर मध्यमार्गी विकल्प नअपनाए । सभापतिमा गगनलाई हलले चुन्छ ।’

उनले विशेष महाधिवेशनमा उपस्थित भएका ५६.१० प्रतिशत प्रतिनिधिहरूले गगन विश्वको तारिफ गरेको बताउँदै कांग्रेसको आगामी नेतृत्व थापा नै हुने संकेत बढेर गएको बताउँछिन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : १८ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट