अनेरास्ववियूले गठन गर्‍यो ‘अखिल जेन-जी फोर्स’ « Khabarhub

अनेरास्ववियूले गठन गर्‍यो ‘अखिल जेन-जी फोर्स’


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनेरास्ववियूले काठमाडौंस्थित शंकरदेव क्याम्पसमा विशेष भेला आयोजना गरी ‘अखिल जेन-जी फोर्स’ गठन गरेको छ। नवयुवालाई आकर्षित गर्दै सिर्जनशीलता र ऊर्जाशीलता बढाउने उद्देश्यले गठन गरिएको यो संगठनको नेतृत्व इन्जिनियर युवराज शाहीले गर्नेछन्।

संगठनभित्र १५१ सदस्यीय कमिटी गठन गरिएको छ। नरदेव उपाध्याय, राजु मेहेता, अभिषेक सिंह, लविन तामाङ, साजन रानाभाट, आशिका थापा मगर, सुदिप खड्का र अनुप ढकाल सह–संयोजक रहेका छन्। सह–संयोजकहरूलाई प्रदेशगत जिम्मेवारी दिइएको छ।

भेलाको अध्यक्षता अनेरास्ववियू अध्यक्ष महेश श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता मोहन गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने जीवन राई र यशु लामा अतिथिका रूपमा उपस्थित थिए।

उपाध्यक्ष अशोक थापाका अनुसार, ‘अखिल  जेन-जी फोर्स’ गठनसँगै संगठनले नयाँ पुस्ताको सहभागिता बढाउँदै वैचारिक, संगठनात्मक र आन्दोलनात्मक पक्षलाई सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : ३२ बजे

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध