अनेरास्ववियूले गठन गर्‍यो ‘अखिल जेन-जी फोर्स’ « Khabarhub

अनेरास्ववियूले गठन गर्‍यो ‘अखिल जेन-जी फोर्स’


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनेरास्ववियूले काठमाडौंस्थित शंकरदेव क्याम्पसमा विशेष भेला आयोजना गरी ‘अखिल जेन-जी फोर्स’ गठन गरेको छ। नवयुवालाई आकर्षित गर्दै सिर्जनशीलता र ऊर्जाशीलता बढाउने उद्देश्यले गठन गरिएको यो संगठनको नेतृत्व इन्जिनियर युवराज शाहीले गर्नेछन्।

संगठनभित्र १५१ सदस्यीय कमिटी गठन गरिएको छ। नरदेव उपाध्याय, राजु मेहेता, अभिषेक सिंह, लविन तामाङ, साजन रानाभाट, आशिका थापा मगर, सुदिप खड्का र अनुप ढकाल सह–संयोजक रहेका छन्। सह–संयोजकहरूलाई प्रदेशगत जिम्मेवारी दिइएको छ।

भेलाको अध्यक्षता अनेरास्ववियू अध्यक्ष महेश श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता मोहन गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने जीवन राई र यशु लामा अतिथिका रूपमा उपस्थित थिए।

उपाध्यक्ष अशोक थापाका अनुसार, ‘अखिल  जेन-जी फोर्स’ गठनसँगै संगठनले नयाँ पुस्ताको सहभागिता बढाउँदै वैचारिक, संगठनात्मक र आन्दोलनात्मक पक्षलाई सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : ३२ बजे

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी