मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा  « Khabarhub

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव र कार्यालय सहयोगीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले मेलुङ गाउँपालिका–१ का वडा अध्यक्ष ईश्वर कोइराला,सोही स्थानका तत्कालीन वडा सचिव विनय उप्रेती र कार्यालय सहयोगी दलबहादुर थापाविरुद्ध सोमबार मुद्दा दायर गरेको हो ।

उनीहरूलाई मृत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ता बापतको रकम निकाली हिनामिना गरेको अख्तियारको ठहर छ ।

मेलुङ-१ पवटीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने १४ जना लाभग्राहीको नामबाट मृत्युपछि पनि किर्ते गरी कूल १ लाख ७२ हजार सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको अभियोग छ ।

उनीहरूले आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म कार्यालय सहयोगी थापाले एक लाख, वडा सचिव थापाले ६४ हजार र वडा अध्यक्ष कोइरालाले ८ हजार भत्ता दुरुपयोग गरेको अख्तियारले ठहर गरेको छ । 

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अनुसन्धानको क्रममा वडा अध्यक्ष र दुवै कर्मचारीले आफ्नो औँठा छापा लगाएर भत्ता दुरुपयोग गरेको देखिएको छ ।

पवटीका १४ जना लाभग्राहीको मृत्यु भइसके पनि अभिलेखमा लगत कट्टा नगरी भत्ता दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरू तीनै जनालाई गैर कानुनी तरिकाले सरकारी कागजात सच्याउने, केरमेट गर्ने, थपघट गर्ने र सार्वजनिक सम्पत्तिको हिनामिना समेत गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ र १७ बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै सजायको माग दाबी गरिएको छ । -सुवाश बस्नेत /दोलखा

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : ५८ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले