नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना « Khabarhub

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना घटेको पाइएको छ ।

प्रेस काउन्सिल नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रता हननसम्बन्धी घटनाहरूको अभिलेखन गर्ने क्रममा सन् २०२५ जनवरी १ देखि सन् २०२५ डिसेम्बर ३१ सम्ममा उक्त सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका  घटना घटेको जनाएको हो ।

सबैभन्दा बढी धम्की दुर्व्यवहार का ५० घटना अभिलेख भएका छन् । यसैगरी आक्रमण कुटपिटका ३७, पेसागत असुरक्षाका १५, कब्जा र अवरोधका नौ, पक्राउ प्रयासका पाँच, शङ्कास्पद मृत्युका दुई, नीतिगत बन्देजका दुई र लैङ्गिक हिंसाका एक घटना अभिलेख भएका छन् ।

प्रदेशअनुसार अनुगमन गर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ६२, मधेस प्रदेशमा २७, सुदूरपश्चिममा आठ, कोशीमा सात, लुम्बिनी र गण्डकीमा ६-६ र कर्णालीमा पाँच घटना घटेका छन् ।

लैङ्गिक आधारमा एक वर्षभरिमा १९० पुरुष र १० महिला गरी २०० जना पत्रकार र सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध गरिएको देखिएको काउन्सिलले जनाएको छ ।

यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगलाई १० वटा घटना घटेका छन् । यसमा बागमती प्रदेशमा पाँच, मधेस प्रदेशमा चार र कर्णालीमा एक घटना घटेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : ५५ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका