चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव « Khabarhub

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको बताएका छन् । मधेसको जीवनको आधार हुँदा चुरेको संरक्षण बेगर मधेसको कल्पना गर्न नसकिने उनको भनाइ छ । 

मुख्यमन्त्री यादवले आज महोत्तरीको बर्दिबासमा सम्पन्न ‘चुरे तथा जैविक विविधता संरक्षण एवं उपयोगका लागि नीति निर्माण’ विषयक एक दिने कार्यशालालाई सम्बोधन गर्दै भने, ‘चुरेबिना मधेसको जीवन रहन्न, तसर्थ यसको संरक्षण र समुचित व्यवस्थापन गरिन पर्छ ।’

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानअन्तर्गतको विशिष्टीकृत अनुसन्धान केन्द्र मधेस प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री यादवले चुरे संरक्षण र व्यवस्थापनमा विज्ञहरूका सुझाव प्रदेश सरकारले कार्यान्वयनमा लाने प्रतिबद्धता जनाए।

‘प्रतिष्ठानका विज्ञहरूले तथ्यपरक ढङ्गले व्यावहारिक सुझाव दिनुहोस्’, यादवले भने, ‘प्रदेश सरकारले ती सुझाव कार्यान्वयन गर्ने छ ।’

यस कार्यमा सङ्घीय सरकार, सङ्घीय सरकारका यी क्षेत्र हेर्ने निकाय र सम्बन्धित स्थानीयतह एवं प्रदेश सरकारबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उनको भनाइ छ । यसको मुख्य संयोजनको भूमिका सङ्घीय सरकारले लिनुपर्ने यादवले बताए ।

कार्यक्रममा चुरे र तराई अन्तरसम्बन्धः नीतिगत बहस र छलफल विषयक कार्यपत्र चुरेविज्ञ डा विजयकुमार सिंहले प्रस्तुत गरे । कार्यपत्रमा चुरेको सम्वेदनशील खुकुलो प्रकृतिबारे स्पष्ट पार्दै डा. सिंहले चुरे संरक्षणमा प्रकृतिजन्य, मानवजन्य र नीतिगत चुनौती रहेका उल्लेख गरे । 

त्यसैगरी डा विनोद भट्टले ‘चुरे संरक्षणः नीति, व्यवहार र कार्यान्वयन’बारे अर्को कार्यपत्र प्रस्तुत गरे। कार्यशालाले चुरे संरक्षण र उपयोग नीतिबारे प्रदेश सरकारलाई सुझाव दिने मधेसको विशिष्टीकृत अनुसन्धान केन्द्रका विज्ञ सदस्य डा. विद्यासागर वर्माको भनाइ छ ।
 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : ३७ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट