थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन « Khabarhub

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध निर्वाचित भएकी छन् । पोखरास्थित थकाली सेवा समितिको सभाहलमा सम्पन्न चौधौँ अधिवेशनले तुलाचनसहित २७ जना केन्द्रीय सदस्यलाई आगामी तीन वर्षका लागि  निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्षमा तुलाचनसहित कृष्णप्रसाद शेरचनले दाबी गरे पनि बन्दशत्रमा सहमतिमै तुलाचनलाई अध्यक्ष निर्वाचित गरिएको हो ।

समितिको सदस्यमा थासाङ क्षेत्रबाट विपना शेरचन र मनप्रसाद गौचन, जोमसोम क्षेत्रबाट मिमकुमारी शेरचन, दाना तातोपानी म्याग्दी क्षेत्रबाट अमृतमान शेरचन, बुटवल क्षेत्रबाट माया गौचन र धर्मेन्द्र शेरचन, टीकापुर क्षेत्रबाट भीम शेरचन, गल्कोट क्षेत्रबाट चन्द्रप्रसाद गौचन, बागलुङ क्षेत्रबाट निर्मल गौचन, कुश्मा क्षेत्रबाट राजु तुलाचन, बेनी क्षेत्रबाट शान्ति भट्टचन चयन भएका छन् ।

यसैगरी दरबाङ क्षेत्रबाट अनुप गौचन, पोखरा क्षेत्रबाट ओम गौचन, इ रुचिन्द्र गौचन र योगेन्द्र शेरचन, वीरेठाँटी क्षेत्रबाट कृष्ण गौचन, स्यालीघाङ क्षेत्रबाट भुपालसिंह शेरचन, मुग्लिन क्षेत्रबाट विकास तुलाचन, भैरहवा क्षेत्रबाट संञ्जय शेरचन, रुकुम क्षेत्रबाट वसन्त गौचन र काठमाडौँ क्षेत्रबाट खगेन्द्र भट्टचन, इ रामकृष्ण शेरचन, मिमप्रसाद शेरचन र विश्व शेरचन निर्विरोध निर्वाचित भएका नवनिर्वाचित अध्यक्ष तुलाचनले जानकारी दिए। 

केन्द्रीय समितिको आयोजना तथा पोखरा क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि आइतबार तीन दिनसम्म अधिवेशन सञ्चालन भएको थियो । नेपालमा रहेका २० वटा र विदेशमा रहेका चार वटा गरी २४ वटा क्षेत्रीय समितिबाट २४५ जनाको प्रतिनिधिको अधिवेशनमा सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : ४५ बजे

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब