थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन « Khabarhub

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध निर्वाचित भएकी छन् । पोखरास्थित थकाली सेवा समितिको सभाहलमा सम्पन्न चौधौँ अधिवेशनले तुलाचनसहित २७ जना केन्द्रीय सदस्यलाई आगामी तीन वर्षका लागि  निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्षमा तुलाचनसहित कृष्णप्रसाद शेरचनले दाबी गरे पनि बन्दशत्रमा सहमतिमै तुलाचनलाई अध्यक्ष निर्वाचित गरिएको हो ।

समितिको सदस्यमा थासाङ क्षेत्रबाट विपना शेरचन र मनप्रसाद गौचन, जोमसोम क्षेत्रबाट मिमकुमारी शेरचन, दाना तातोपानी म्याग्दी क्षेत्रबाट अमृतमान शेरचन, बुटवल क्षेत्रबाट माया गौचन र धर्मेन्द्र शेरचन, टीकापुर क्षेत्रबाट भीम शेरचन, गल्कोट क्षेत्रबाट चन्द्रप्रसाद गौचन, बागलुङ क्षेत्रबाट निर्मल गौचन, कुश्मा क्षेत्रबाट राजु तुलाचन, बेनी क्षेत्रबाट शान्ति भट्टचन चयन भएका छन् ।

यसैगरी दरबाङ क्षेत्रबाट अनुप गौचन, पोखरा क्षेत्रबाट ओम गौचन, इ रुचिन्द्र गौचन र योगेन्द्र शेरचन, वीरेठाँटी क्षेत्रबाट कृष्ण गौचन, स्यालीघाङ क्षेत्रबाट भुपालसिंह शेरचन, मुग्लिन क्षेत्रबाट विकास तुलाचन, भैरहवा क्षेत्रबाट संञ्जय शेरचन, रुकुम क्षेत्रबाट वसन्त गौचन र काठमाडौँ क्षेत्रबाट खगेन्द्र भट्टचन, इ रामकृष्ण शेरचन, मिमप्रसाद शेरचन र विश्व शेरचन निर्विरोध निर्वाचित भएका नवनिर्वाचित अध्यक्ष तुलाचनले जानकारी दिए। 

केन्द्रीय समितिको आयोजना तथा पोखरा क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि आइतबार तीन दिनसम्म अधिवेशन सञ्चालन भएको थियो । नेपालमा रहेका २० वटा र विदेशमा रहेका चार वटा गरी २४ वटा क्षेत्रीय समितिबाट २४५ जनाको प्रतिनिधिको अधिवेशनमा सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : ४५ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो