दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक « Khabarhub

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार नीति र नेतृत्व दुवै नयाँ पारित गर्ने निर्णयतिर पुग्दै गर्दा सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यसमिति बैठक डाक्न निर्देशन दिएका थिए ।

देउवाको निर्देशनअनुसार कांग्रेसको संस्थापन पक्षले मंगलबार बस्ने गरी आकस्मिक रूपमा बैठक बोलाएको हो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल बैठक मंगलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन् ।

पार्टीको इतर समूह अर्थात् महामन्त्रीद्वयले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएपछि कांग्रेसभित्रको विवाद फुटतिर पुगेको छ।

संस्थापन पक्षले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई अवैधानिक र अनुशासनविपरीत भएको बताइसकेको छ। सभापति देउवा र कार्यवाहक सभापति खड्का दुवैले विशेष महाधिवेशन बहिष्कार गरिसकेका छन् ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने निष्कर्षसहित मंगलबार नीति र नेतृत्व परिवर्तनको तयारी गरेका छन् । त्यहीकारण विशेष महाधिवेशन गर्नुपरेको उनीहरूको तर्क छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : ५६ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै