कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति पारित गर्दै नेतृत्व चयनका प्रक्रिया सुरु हुने नेताहरुले जनाएका छन् ।

विशेष महाधिवेशन प्रचार समितिले सोमबार पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नयाँ नीति पारित हुने र नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने जानकारी दिएको हो ।

मंगलबार बिहान बिभिन्न प्रतिवेदनमाथिको समूहगत निष्कर्ष प्रस्तुत हुने प्रचार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए ।

समूहगत निष्कर्षपछि बन्दसत्रले पार्टीको नीति उपर निर्णय लिने र त्यसपछि नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्ने उनले बताए । उनले विशेष महाधिवेशनको स्वामित्व लिन पार्टी नेतृत्व आए छुट्टै अवस्था सिर्जना हुन सक्ने र नेतृत्व नआए निर्वाचनमा जाने स्पष्ट पारे ।

पोखरेलले अहिलेसम्म ६३ प्रतिशतभन्दा बढी प्रतिनिधिहरुले हस्ताक्षर गरेको भन्दै ७० प्रतिशत पुराएर देखाउने दावी गरे ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ८ : ५९ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै