ममाथिका आरोपमा अदालतले न्याय दिनेछ : रवि लामिछाने « Khabarhub

ममाथिका आरोपमा अदालतले न्याय दिनेछ : रवि लामिछाने


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।  

बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले तारिक बुझ्न आफू विभिन्न अदालतमा जानुपरेको भन्दै अदालतले आफूमाथि न्याय गर्ने विश्वास व्यक्त गरेका हुन् ।

सबैले न्याय पाउने अदालतबाटै भएकाले कानुनी र अदालती प्रक्रियालाई आफूले सदैव सम्मान गर्ने उनले बताए ।

उनले मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफै उपस्थित हुनुपर्ने भएकाले आफूले त्यही अनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको धारणा राखे । 

सभापति लामिछानेले आफूहरू कानुनी राज्य स्थापित गर्न हिँडेकाले कानुनी प्रक्रियालाई राम्रोसँग बहन गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  १ : २१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म