के प्रियंका र निक साँच्चै छुट्टिँदैछन् ? « Khabarhub

के प्रियंका र निक साँच्चै छुट्टिँदैछन् ?


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडदेखि हलिउडसम्म सफल यात्रा तय गरेकी अभिनेत्री प्रियंका चोपडा र पप स्टार निक जोनस यतिबेला व्यक्तिगत जीवनका कारण चर्चामा छन् । 

हाल सामाजिक सञ्जालमा उनीहरू अलग्गिएको हल्ला चलेपछि प्रियंकाले यसबारे मुख खोलेकी छन्। सन् २०१८ मा केही महिनाको डेटिङपछि विवाह गरेका यो जोडी सुरुदेखि नै उमेर अन्तर, फरक देश, फरक धर्म र अन्तरसांस्कृतिक विवाहका कारण आलोचनाको केन्द्रमा रहँदै आएको थियो। 

विवाहपछि पनि उनीहरूले निरन्तर ट्रोलिङ र नकारात्मक टिप्पणीको सामना गर्नुपरेको थियो। हालै ‘भेराइटी’सँगको अन्तर्वार्तामा प्रियंकाले हल्लालाई स्पष्ट रूपमा खण्डन गर्दै आफूहरू आठ वर्षदेखि सँगै रहेको बताइन्। 

उनले भनिन्, ‘यदि मानिसहरू हाम्रो सम्बन्ध टुट्ने प्रतीक्षा गरिरहेका छन् भने त्यो उनीहरूको रोजाइ हो।’ 

बाहिरी आलोचनाभन्दा आफूहरूले एकअर्कामा विश्वास र साथ खोजेको उनले जोड दिइन्। प्रियंकाले निकसँग छ महिनाको सम्बन्धपछि विवाह गर्नु आफ्नो जीवनको साहसी निर्णय भएको बताइन्। 

सुरुवातमा त्यो निर्णय अविश्वसनीय जस्तो लागे पनि निकको इमानदारी र साथले आफूलाई हरेक दिन प्रेरित गर्ने उनले खुलासा गरिन्। उनले निक मात्र नभई जोनस परिवारप्रति पनि आभार व्यक्त गरिन्।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ३ : ०१ बजे

अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं– संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोविरुद्ध

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज