अभिनेता राजपाल यादवको बेल अर्जी स्थगित  « Khabarhub

अभिनेता राजपाल यादवको बेल अर्जी स्थगित 


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– बलिउड अभिनेता राजपाल यादवको कानुनी झमेलाले बिहीबार फेरि नयाँ मोड लिएको छ ।

 दिल्ली उच्च अदालतले यादवलाई पहिले अदालतसँग गरेको वचन पूरा नगरेको भन्दै खिन्नता व्यक्त गरेको छ। चेक बाउन्स मुद्दामा यादवको बेल अर्जीको सुनुवाइका क्रममा अदालतले स्पष्ट पर्दै  उनी जेलमा बस्नुको मुख्य कारण अदालतको आदेश नभई आफ्नै प्रतिवद्धता पूरा नगरेका कारणले हो।

अदालतका अनुसार अभिनेता  यादवले पटक–पटक आश्वासन दिए पनि पूरा नगरेकोले हिरासतको आदेश जारी गरिएको हो। राजपाल यादवले सन् २०१० मा पत्नीले निर्माण गरेको  फिल्म ‘ुआटा पाटा लापाटा’ का लागि मुर्ली प्रोजेक्ट्सबाट ऋण लिएका थिए। समयक्रममा ब्याज, जरिवाना र मूलधन सहित ऋण लगभग ९ करोड रुपैयाँ पुगेको बताइएको छ।

न्यायाधीश स्वराणा कान्त शर्माले यादव जेलमा अदालतको आदेशका कारण होइन, आफ्नो सम्झौतामा भएको प्रतिवद्धता पूरा नगरेको कारण पुगेको स्पष्ट पारेकी छिन्। यादव र उनका वकिल अदालतमा २५ देखि ३० पटक उपस्थित भएका थिए भने यादवले भिडियो कन्फरेन्सिङ मार्फत कम्तीमा पाँच पटक उपस्थित भई रकम तिर्ने आश्वासन दिएका थिए।

अदालतका अनुसार अभिनेता यादवले अदालतमा पैसा जम्मा गर्ने वा उजुरीकर्तालाई सिधै तिर्ने विषयमा फरक–फरक बयान दिएका थिए। फेब्रुअरी २ मा दुई दिनभित्र आत्मसमर्पण गर्न निर्देशन दिइएकोमा यादवले अन्ततः फेब्रुअरी ५ मा आत्मसमर्पण गरेका थिए ।

अदालतले स्मरण गराउँदै  मे २०२४ मा सेसन अदालतले उनलाई चेक बाउन्स मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको थियो, तर उच्च अदालतमा उनले बकाया रकम बुझाउने आश्वासन दिएपछि सजाय स्थगित गरिएको थियो। उनले २.५ करोड रुपैयाँ किस्तामा बुझाउने वाचा गरेका थिए, जुन अहिलेसम्म पूरा भएको छैन।

यसैबीच, अदालतले उजुरीकर्तालाई आफ्नो जवाफ पेश गर्न निर्देशन दिँदै सुनुवाइ फेब्रुअरी १६ सोमबार का लागि स्थगित गरेको छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ५ : ४५ बजे

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौं– नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक

गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार

अदानचुली– हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ

जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह

काठमाडौं– आहारविद् तथा योग प्रशिक्षक डा राजु अधिकारीले जिब्रोको स्वादभन्दा शरीरलाई

रक्षा मन्त्रालय मातहतका विकास आयोजना तथा कार्यक्रमको प्रगति समीक्षा

काठमाडौं– रक्षा मन्त्रालयअन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८२-८३ मा सञ्चालित