गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार « Khabarhub

गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

अदानचुली– हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ । बुधबार जिल्ला अस्पताल सिमकोट पुर्‍याइएकी गर्भवतीका उपचार नहुने भन्दै रिफर गरिएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । 

सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँकी २३ वर्षीया किस्मती विकलाई सुत्केरी बेथा लागेर जिल्ला अस्पतताल पुगाइएको र अस्पतालमा सुत्केरी गराउन नसकिने भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताइन् । 

गर्भवतीका परिवार सुत्केरी बेथा लागेकी बिकलाई बुधबार बिहान ८ बजे गोठी स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो । स्वास्थ्य चौकीले नसक्ने भन्दै जिल्ला अस्पताल पठाइएकोमा सोही दिन बेलुका ५ बजे अस्पताल पुर्‍याइएको हो । 

विकको पेटमा पानी जमेको कारण जिल्लामा उपचार गर्न नसकिएको हो । यसका लागि स्वास्थ्य चौर्की सर्केगार्ड गाउँँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । रासस

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ७ : ०० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम