फेब्रुअरी २४ मा निर्वाचन गर्न असम्भव : जेलेन्स्की « Khabarhub

फेब्रुअरी २४ मा निर्वाचन गर्न असम्भव : जेलेन्स्की


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा राष्ट्रपतीय निर्वाचन र शान्ति सम्झौताका लागि जनमत सङ्ग्रहको लागि मतदानको घोषणा गर्ने योजनालाई अस्वीकार गरेका छन् ।
 
जेलेन्स्कीले पत्रकारहरूसँग भने, ‘युक्रेनले आफ्नो मुलुकको सुरक्षा सुनिश्चितता र रूससँग युद्धविराम गरेपछि मात्र निर्वाचन गर्नेछ।’

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्भावित वार्ताको बारेमा जेलेन्स्कीले भने, ‘युक्रेन अमेरिकी पक्षले सुझाव दिएका स्थान (रूस र बेलारुस बाहेक कहिँ पनि) अर्थात् संयुक्त राज्य अमेरिका, युरोपमा, वा तटस्थ देशहरूमा वार्ताको लागि खुला छ ।

जेलेन्स्कीले थपे, ‘अमेरिकी पक्षले युक्रेनलाई चुनावको लागि समय तालिकामा दबाब दिन सुरक्षा सुनिश्चितता गर्न सकेको छैन।’

राष्ट्रपति जेलेन्स्कीको यो टिप्पणी फाइनान्सियल टाइम्सको रिपोर्टपछि आएको हो । उनले युक्रेन–रुस द्वन्द्व सुरु भएको चौथो वर्षपछि अर्थात् सन् २०२४ फेब्रुअरीमा चुनाव र जनमत सङ्ग्रहको योजना घोषणा गर्न चाहेका थिए । 

रिपोर्टमा यो पनि भनिएको छ कि ट्रम्प प्रशासनले युक्रेनलाई मे १५ सम्ममा जनमत सङ्ग्रह गर्न दबाब दिएको छ र त्यसो गर्न असफल भएमा प्रस्तावित अमेरिकी सुरक्षा ग्यारेन्टीलाई खतरामा पार्न सक्ने चेतावनी दिएको छ।
 

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ७ : ३३ बजे

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ