स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो « Khabarhub

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते भएका २६ मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमन बोहोरा रहेका छन् ।

दुर्घटनमा घाइते भएकामध्ये ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । घाइतेमध्ये अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम बोहोरा, उमङ्ग किसान, सुमित गैरे, अनिस बोहोरा, अनन्या किसान, रोशनी बोहोरा, सुप्रिया किसान, सान्वी किसान, शिव किसान, समीक्षा गैरे, सेमुल थापा, निश्मा खड्का, वीरबहादुर थापामगर, आयना बोहोरा र सारिका बोहोराको धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

गम्भीर घाइते आयुष बोहोरा, आयान बोहोरा, निकित किसान र सोलुमन रसाइलीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ । सुजल छन्त्याल र सङ्गम किसानलाई भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल बस खसेको थियो । बागलुङ नगरपालिका–१ रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको बस लोकमार्गदेखि रातमाटातर्फ जाँदै गर्दा दुर्घटना भएको हो । बागलुङ नगरपालिका–३ स्थित नेपालभाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको ग३च ८६२१ नम्बरको बस दुर्घटना भएको हो ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ९ : ५२ बजे

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ