धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट « Khabarhub

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष तर्फको विवरण वेबसाइटमा अपडेट गरेको छ।

निर्वाचनको केही दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार किशोरी साह कालो सूचीमा परेपछि उक्त क्षेत्रको मतपरिणाम सार्वजनिक भए पनि आयोगले वेबसाइटमा अपडेट गरेको थिएन।

मतगणना गर्दा कालो सूचीमा परेका किशोरी साहको पक्षमा बढी मत आएपछि आयोगले मतपरिणाम घोषणा गर्न ढिलाइ गरेको थियो। स्थानीय र राजनीतिक दलको विवाद पछि कालो सूचीमा नपरेका उम्मेवारमध्ये धेरै मत ल्याउने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृकाप्रसाद यादवलाई आयोगले विजयी भएको प्रमाणपत्र दिएको थियो।

उक्त क्षेत्रमा उम्मेदवारी दिएकार कालो सूचीमा परेका रास्वपा उम्मेदवार साहले दायर गरेको रिटमा सर्वोच्च अदालतले २९ फागुनमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

यो मुद्दाको किनारा नलाग्दै आयोगले विवरण वेबसाइटमा राखेको हो। यो आयोगको निर्णयसँगै प्रत्यक्षतर्फ १६५ सिटकै परिणाम सार्वजनिक भएको छ। समानुपातिकतर्फको मतगणना भइसकेकाले आयोगले आज सिट संख्या सार्वजनिक गर्ने तयारी गरेको छ।

धनुषा–१ मा मातृका यादव १० हजार १०३ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामपटन साहले ९ हजार ५०२ मत पाउनुभएको छ।

एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत पाउँदा जनता समाजवादी पार्टीका दीपक कार्कीले चार हजार १४५ मत पाएका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  १२ : १५ बजे

ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरान अडानमै, सैन्य कारबाही जारी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन घटुवामा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको