किम र छोरीबाट नयाँ पेस्तोल परीक्षण « Khabarhub

किम र छोरीबाट नयाँ पेस्तोल परीक्षण


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य क्षमताको आधुनिकीकरणलाई तीव्र बनाउने सन्देश दिँदै हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षणका क्रममा नयाँ पेस्तोलको परीक्षण गरेका छन् । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा उनीसँगै उनकी किशोरी छोरी पनि शुटिङ रेन्जमा हतियार परीक्षण गर्दै देखिएकी छन्, जसले उत्तर कोरियाको भावी नेतृत्वबारे फेरि चर्चा बढाएको छ ।

उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी(केसिएनए) का अनुसार किमले एक दिनअघि पेस्तोल तथा अन्य हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षण गरेका थिए । त्यस क्रममा हालै उत्पादनमा प्रवेश गरेको नयाँ पेस्तोलको प्रदर्शन गरिएपछि उनले शुटिङ रेन्जमा त्यसको प्रत्यक्ष परीक्षण गरेका थिए । परीक्षणपछि उक्त पेस्तोललाई उनले ‘उत्कृष्ट’ भन्दै मूल्यांकन गरेको केसिएनएले जनाएको छ ।

किमकी छोरीको उपस्थितिबारे प्रस्ट उल्लेख नभए पनि सार्वजनिक तस्बिरहरूमा उनी वरिष्ठ सैन्य अधिकारीहरूसँगै पेस्तोल फायर गरिरहेको देखिन्छ ।

किमले कारखानाको भूमिका सेनादेखि सुरक्षा निकायसम्मका लागि पेस्तोल तथा अन्य हल्का हतियार आपूर्ति गर्न महत्त्वपूर्ण रहेको बताउँदै उत्पादन क्षमता विस्तार गर्न र थप आधुनिक उत्पादन लाइन स्थापना गर्न निर्देशन दिनुभएको केसिएनएले उल्लेख गरेको छ ।

किमकी छोरी किम जु ए सन् २०२२ नोभेम्बरमा गरिएको लामो दूरीको मिसाइल परीक्षणका क्रममा पहिलोपटक सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यसयता उनी आफ्ना बुबासँग विभिन्न सैन्य कार्यक्रम, कारखाना उद्घाटन र उच्चस्तरीय कूटनीतिक भेटघाटमा निरन्तर देखिँदै आएकी छन् ।

गत सेप्टेम्बरमा चीनको बेइजिङ भ्रमणका क्रममा पनि उनी किमसँगै देखिएकी थिइन् । त्यहाँ किम जोङ उनले चिनियाँ नेता सी जिनपिङसँग छ वर्षपछि पहिलो शिखर बैठक गरेका थिए ।

उनको बढ्दो सार्वजनिक उपस्थितिले दक्षिण कोरियाली गुप्तचर अधिकारी र विश्लेषकहरूलाई किमले उनलाई भविष्यको नेतृत्वका लागि तयार पारिरहेको हुन सक्ने अनुमान गर्न प्रेरित गरेको छ । उत्तर कोरियामा किम परिवारको शासनलाई चौथो पुस्तासम्म विस्तार गर्ने सम्भावनाबारे पनि यसले चर्चा बढाएको छ ।

गत महिना पनि राज्य सञ्चारमाध्यमले किम जु एलाई स्नाइपर राइफल परीक्षण कार्यक्रममा सहभागी भएको देखाएका थिए । त्यो कार्यक्रम सत्तारूढ वर्कर्स पार्टीको बैठकपछि आयोजना गरिएको थियो । बैठकमा किमले आगामी पाँच वर्षका लागि राजनीतिक तथा सैन्य प्राथमिकताहरू सार्वजनिक गरेका थिए ।

यसैबीच मंगलबार पेस्तोल कारखानाको निरीक्षणपछि किम र उनकी छोरीले नौसेनाको विध्वंसक जहाजबाट प्रक्षेपण गरिएको आणविक क्षमता भएको क्रुज मिसाइल परीक्षण पनि अवलोकन गरेका थिए। 

सो अवसरमा किमले आफ्नो नौसेनाको आणविक क्षमतालाई अझ तीव्र गतिमा विकास गर्नुपर्ने आवश्यकता दोहोर्‍याएको बताइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  १ : ४४ बजे

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले स्वच्छ र स्वस्थ वातावरणका सम्बन्धमा

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !

तेहरान– इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे गम्भीर

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र