इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु « Khabarhub

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको हमलामा एक भारतीय नागरिकको मृत्यु भएको छ।

इराकस्थित भारतीय दूतावासका अनुसार मार्शल आइल्यान्डको झण्डा बोकेको अमेरिकी कच्चा तेल ट्यांकर ‘सेफसी विष्णु’ माथि हिजो बिहीबार हमला गरिएको थियो।

दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको बयानमा घटनामा संलग्न समूहबारे भने खुलाइएको छैन।

जहाजमा रहेका अन्य १५ भारतीय क्रु सदस्यलाई भने सुरक्षित स्थानमा सारिएको दूतावासले जनाएको छ।

बगदादस्थित भारतीय दूतावासले इराकी अधिकारीहरू तथा उद्धार गरिएका भारतीय नाविकहरूसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक सबै सहयोग उपलब्ध गराइरहेको जनाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  २ : ३८ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।