इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला « Khabarhub

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा हमला गरेको दाबी गरेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हमला पाल्माछिम एयरबेस र ओभ्डा एयरबेसमा हमला गरिएको हो। यीमध्ये एउटा एयरबेस भूमध्यसागर किनारमा रहेको याभेन सहरनजिक अवस्थित छ।

रिपोर्टका अनुसार शिन बेट (इजरायलको आन्तरिक गुप्तचर एजेन्सी) को मुख्यालयलाई पनि ड्रोन हमलामा निशाना बनाइएको छ। यद्यपि, यस हमलाबाट कति क्षति भयो भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

पछिल्लो २४ घण्टामा १७९ जना घाइते

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार इरानी हमलका क्रममा पछिल्लो २४ घण्टामा १७९ जना घाइते भएका छन्।

मन्त्रालयका अनुसार युद्ध सुरु भएयता हालसम्म कुल २ हजार ७४५ जना घाइते भइसकेका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  २ : ४३ बजे

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक