फारसको खाडीमा आक्रमणकारीको रगत बग्नेछ : इरानी सभामुख कलिबाफ « Khabarhub

फारसको खाडीमा आक्रमणकारीको रगत बग्नेछ : इरानी सभामुख कलिबाफ


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानी संसदका सभामुख मोहम्मद बगेर कलिबाफले फारसको खाडीमा आक्रमणकारीको रगत बग्ने चेतावनी दिएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत् कडा चेतावनी दिँदै इरानको अधिनमा रहेका टापुमा कुनै पनि आक्रमण भए फारसको खाडीमा आक्रमणकारीको रगत बग्ने चेतावनी दिएका हुन् ।

पश्चिम एशियामा जारी युद्धका क्रममा आएको कलिबाफको यो भनाइले तनाव थप बढ्ने समाचार संस्था एपीले जनाएको छ । यद्यपि उनले के कारणले यस्तो टिप्पणी गरे भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

इरानले सन् १९७१ मा संयुक्त अरब इमिरेट्सको स्थापना हुनुअघि नै त्यहाँका तीन वटा टापुहरू आफ्नो नियन्त्रणमा लिएको थियो । अमेरिका र इरजरायलले इरानको मुख्य तेल टर्मिनल रहेको खार्ग टापुलाई निशाना बनाउन सक्ने अनुमानहरू पनि भइरहेका छन् । यसै क्रममा सभामुख कलिबाफको यो भनाइलाई चासोका साथ हेरिएको छ ।

सामाजिक सञ्जाल ‘एक्स’ मा ‘मातृभूमि वा मृत्यु !’ लेख्दै इरानी भूमिमाथि हुने कुनै पनि आक्रमणले आफ्ना सबै संयमहरू तोड्ने चेतावनी दिएका छन् । उनले अमेरिकी सैनिकहरूको रगत बगेमा त्यसको व्यक्तिगत जिम्मेवारी डोनाल्ड ट्रम्पले लिनुपर्ने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ३ : ३७ बजे

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक