हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की « Khabarhub

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने धम्की दिएका छन् । रक्षामन्त्री काट्जले इरानसमर्थित लेबनानी शिया लडाकु समूह हेज्बोल्लाहले आक्रमणलाई निरन्तरता दिए लेबनानी भूभाग कब्जा गर्ने धम्की दिएका हुन् ।

पछिल्लो समय उत्तरी इजरायलमा हेज्बोल्लाहले तीव्र गतिमा हमला गरिरहेको छ । ती आक्रमण रोक्न लेबनान सरकारलाई चेतावनी दिँदै उनले यदि लेबनानले हेज्बोल्लाहलाई नियन्त्रण गर्न नसके इजरायली सेना आफैँ अघि सरेर लेबनानी भूमि नियन्त्रणमा लिने बताएका हुन् ।

द टाइम्स अफ इजरायलका अनुसार रक्षामन्त्री कट्जले हेज्बोल्लाहले इजरायलतर्फ भारी मात्रामा रकेट प्रहार गरेको उल्लेख गर्दै लेबनानी राष्ट्रपतिलाई कडा सन्देश पठाएका छन् ।

पत्रमा उनले लेबनान सरकारले आफ्नो भूमिबाट इजरायलीमाथि हुने खतरा रोक्न नसकेमा इजरायली सेनाले आफ्ना नागरिकको सुरक्षाका लागि सैन्य बल प्रयोग गरी लेबनानी भूमिमाा कारबाही सञ्चालन गर्नेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ४ : ४७ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।