‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत « Khabarhub

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय एकदिवसीय छनोट प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा रोहित चन्दको शतकमा कास्कीले बागलुङलाई २५४ रनले पराजित ग¥यो ।

खेलमा पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३२६ रनको विशाल योगफल बनायो । टोलीका लागि रोहित चन्दले १३० बलमा १२ चौका र ६ छक्काको सहयोगमा १३१ रनको उत्कृष्ट पारी खेले ।

मुस्कान थापाले ९१ बलमा ११ चौका र तीन छक्कासहित ९३ रन बनाए । अर्जुन कुमालले ३२ रन बनाए भने सफल श्रेष्ठ १६ रन र कृष्ण पौडेल २१ रनमा अविजित रहँदै टोलीलाई मजबुत स्कोरसम्म पु¥याए ।बागलुङका लागि अश्विन थापाले दुई विकेट लिए भने कुशल खड्का र विश्व कार्कीले समान एक/एक विकेट लिए ।

जितका लागि ३२७ रनको विशाल लक्ष्य पछ्याएको बागलुङ २३ दशमलव दुई ओभरमा ७२ रनमै अलआउट भयो । टोलीका लागि आरस तामाङले २३ रन बनाए ।

कास्कीका लागि विश्वास पराजुलीले चार विकेट लिए भने सुवास भण्डारी र विपिन खत्रीले समान दुई÷दुई विकेट लिए । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी चैत ३ गतेसम्म पोखरा रङ्गशालाको क्रिकेट मैदान र लेखनाथस्थित इडन हेभेन क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, नवलपुर र पर्वत गरी गण्डकी प्रदेशका छ जिल्लाबीच प्रतिस्पर्धा हुने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

प्रतियोगिताबाट उत्कृष्ट २४ जना खेलाडी छनोट गरी उनीहरूलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले छनोट प्रतियोगिताले प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडीलाई राष्ट्रियस्तरमा पुग्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए ।

मन्त्री थापाले क्रिकेट आज नेपाली युवाको सबैभन्दा लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यसले युवामा ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ९ : १३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल