अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन « Khabarhub

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

परमाणु निशस्त्रीकरणमा इरान अनुदार : कुरा नमिलेपछि अमेरिकाको भन्यो ‘हाम्रो प्रस्ताव अन्तिम हो’


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक शान्ति वार्ता निष्कर्षविहीन टुङ्गिएको छ । वार्तामा अमेरिकी टोलीको नेतृत्व गरिरहनुभएका उपराष्ट्रपति जेडी भ्यान्सले परमाणु मुद्दामा इरानका तर्फबाट हालसम्म कुनै ठोस प्रतिबद्धता नआएको बताएका छन्।

वार्ताको प्रगतिबारे जानकारी दिँदै उपराष्ट्रपति भ्यान्सले भने, “हामीले हाम्रो तर्फबाट उत्तम र अन्तिम प्रस्ताव दिइसकेका छौँ, तर तेहरानबाट हुनुपर्ने आधिकारिक निर्णय अझै पर्खिरहेका छौँ ।”

सञ्चारकर्मीसँगको अन्तरक्रियामा भ्यान्सले इरानको परमाणु क्षमता नियन्त्रण गर्नु नै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको ‘मूल लक्ष्य’ रहेको प्रस्ट पारे । “इरानले परमाणु हतियार निर्माण गर्ने छैन र त्यसका लागि आवश्यक पूर्वाधार वा उपकरण पनि जुटाउने छैन भन्नेमा हामी विश्वस्त हुन चाहन्छौँ,” उनले भने, “यसका लागि इरानको तर्फबाट स्पष्ट प्रतिबद्धता आउनु अनिवार्य छ, जुन अहिलेसम्म देखिएको छैन ।”

इरानी सञ्चारमाध्यमहरूले भने दुई देशबीचको वार्ता आइतबार दोस्रो दिन पनि जारी रहने उल्लेख गरेका छन् । वार्तामा ‘हर्मुज जलसन्धि’ मा रहेको रणनीतिक अवरोध र सैन्य तनावको विषय मुख्य बाधक बनेको बताइएको छ ।

उपराष्ट्रपति भ्यान्सले इरानको परमाणु कार्यक्रमको भौतिक संरचना ‘ध्वस्त’ पारिएको दाबी गरे तापनि भविष्यमा यस्ता गतिविधि नगर्ने इरानको ‘इच्छाशक्ति’ माथि अझै संशय कायमै रहेको बताउनुभयो । विश्वको ध्यान तानिएको यस वार्ताले मध्यपूर्वी एसियाको सुरक्षा र स्थिरतामा ठुलो महत्त्व राख्ने देखिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : ११ बजे

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको