आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य « Khabarhub

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल भ्रमण जीवनको अन्तिम भएको छ । आइतबार ९२ वर्षको उमेरमा उनको मुम्बईमा निधन भयो ।

आशा र नेपाली कला क्षेत्रको सम्बन्ध ६ दशकभन्दा पुरानो हो । सन् १९६६ मा प्रदर्शनमा आएको फिल्म ‘माइतीघर’को गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ उनको स्वर छ ।

उनी पार्श्व गायन र युगल गायनबाट नेपालसँग जोडिएका हुन् । उनी ६ दशकअघि नै पहिलो पटक नेपाल आएको संगीत क्षेत्रका पाका व्यक्तिहरू सुनाउँछन् ।

तर, सांगीतिक प्रस्तुति दिनका लागि भने उनी ०७६ सालमा आएकी थिइन् । ‘म्युजिक जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’ कार्यक्रमका लागि उनी नेपाल आएकी थिइन् ।

रञ्जितसँगकै सम्बन्ध र सम्पर्कबाट उनी नेपाली कला क्षेत्रसँग जोडिएको सुनिन्छ । आशाले गजमेरबारे त्यस बेला भनेकी थिइन्, ‘उसलाई म कान्छा भनेर बोलाउँछु । गजमेर वा त्यो–यो जान्दिनँ । कान्छाले बोलाएर म नेपाल आएकी हुँ ।’

खैर, दर्जनौँ कालजयी गीत गाएका आशाको नेपालमा फ्यान फलोइङ राम्रो छ । उनलाई हेर्न र प्रत्यक्ष सुन्न फ्यान जाने भइहाले ।
साँझ सात बजे राजधानीको एक होटलमा उनी प्रस्तुति दिन मञ्चमा उक्लिइन् । गडगडाहट ताली बज्यो ।

त्यसपछि आशाले व्यङ्ग्य गर्दै भनिन्, ‘अहिले म ८६–८७ वर्षमा हिँडिरहेकी छु । काठमाडौंको एयरपोर्टमा झर्ने बेला म सोच्दै थिएँ– ‘नेपालले मलाई किन यति चाँडो बोलाएको होला ? दुई–तीन वर्ष ढिला गरेको भए त मलाई बोलाउन माथि नै आउनुपर्थ्यो ।’

आफ्नो ढल्किएको उमेरलाई मृत्युसँग जोडेर आफ्नै मजाक गरिन् । हल हाँसोले गुञ्जियो । त्यसको ७ वर्षपछि आशाले भौतिक शरीर त्यागिन् ।

त्यस बेला नबोलाएको भए ?

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  २ : ५५ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम