मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग « Khabarhub

मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेको छ । 

महासङ्घले आइतबार विज्ञप्ति जारी गरी देशभर धान र कोदोको बीउ राख्ने, मकै गोड्ने, चैते धानमा मल हाल्ने र वर्षे तरकारीखेती गर्ने संवेदनशील समयमा देशभर रासायनिक मलको अभाव भएको जनाउँदै आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको हो । 

महासङ्घले विज्ञप्तिमा भनेको छ, ‘धान, मकै र कोदो नेपालको राष्ट्रिय अर्थतन्त्र र किसानहरूको जीवन, जीविका र नागरिकको खाद्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने रणनीतिक बाली हुन्, यस्ता बालीहरूको खेती गर्ने मुख्य समयमा रासायनिक मलको अभाव हुनु, किसानहरू खेतीपाती छोडेर मलका लागि लाइन लाग्ने र चर्को मूल्यमा मल किन्न बाध्य हुनु दुर्भाग्यपूर्ण छ । यो समस्या समाधान गरिनुपर्छ ।’

कालोबजारी नियन्त्रण, दीर्घकालीन रूपमा समस्या समाधानको योजना तर्जुमा र साना तथा उत्पादक किसानको हितलाई ध्यान दिँदै प्राथमिकताका आधारमा मल वितरण गर्न पनि महासङ्घले माग गरेको छ । 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ३ : ४७ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र