देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई « Khabarhub

देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ नवलपुरको देवचुली क्षेत्रमा पुगेका छन्। त्यहाँ पुगेर उनले स्थानीय उद्योगबाट निस्किने दूषित पानीको अवस्थाबारे स्थलगत अनुगमन गरेका छन्।

स्थानीय बासिन्दाले उद्योगबाट निस्किएको फोहोर पानीका कारण मानव स्वास्थ्य तथा वन्यजन्तुमा असर परेको गुनासो गरेका छन् । उनीहरूले त्यसलाई रोक्नका लागि गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन्।

आइतबार सांसद राजन गौतमसहितको टोलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको थियो।

त्यसपछि गृहमन्त्री गुरुङले स्थानीयसँग संवाद गर्दै उद्योगबाट बग्ने दूषित पानीको नाला र उक्त पानी नारायणीदीमा मिसिने स्थानको पनि निरीक्षण गरे।

दूषित पानीका कारण नवलपुरमा गैंडाहरू धमाधम मृत भेटिएको भन्दै स्थानीयहरूले गृहमन्त्री गुरुङलाई ध्यानाकर्षण गराएका छन्।

विभिन्न उद्योगबाट आएको दूषित पानी खोलामा मिसिँदा त्यसैलाई जनावरले पिउँदा मृत भेटिएको स्थानीयबासीले गुनासो गरेका छन्। दूषित पानी निस्किने उक्त औद्योगिक क्षेत्रको पिन गृहमन्त्री गुरुङले अवलोकन गरे।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ५ : ५३ बजे

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत